मंसिर १५ पोखरा । पोखरामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको र २ जना घाइते भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिएका हुन ।
उनका अनुसार रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले पुरिएर ज्यान गुमाउने र घाइतेको नाम खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।