फागुन २२,मुगु ।हिमाली जिल्ला मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकि छ। मुगु जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको सदरमुकाममा पुग्न बाँकि रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिका सहित निर्वाचन टोलि हिडिसकेको बताए । उनका अनुसार खत्याड गाउँपालिकामा १९ , सोरु गाउपालिका १ , मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकि रहेको खत्रीको भनाई छ । उनले थपे सबै मतपेटिका जिल्लामा पुगिसकेपछि सर्बदलिय बैठक बसि मतगणना कार्य अगाढी बढाईने बताए ।