• २०८३ जेष्ठ २३ गते शनिवार

निर्वाचन सम्पन्न भएर जटिल राजनीतिक परिस्थितिले निकास पायो- राष्ट्रपति पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं  राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोप्रति सन्तोष व्यक्त गरेका छन् । उनले निर्वाचन सम्पन्न भएर देशमा देखिएको जटिल राजनीतिक परिस्थितिले निकास पाएको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरेका छन् । साथै उहाँले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि धन्यवाद दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस