चैत १०, बर्दिया । प्रहरीले बर्दियाबाट मानव बेचबिखन गर्न खोजेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले २८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका(५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका(८ लालीबजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।