• २०८३ मङ्सिर ५ गते शुक्रवार

अभिनेता विजय बरालले गरे सर्लाहीबाट मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, सर्लाही । अभिनेता विजय बरालले सर्लाहीबाट मतदान गरेका छन् । सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका हुन् ।

मतदान गरेपछि अभिनेता बरालले आजको मतले भोलिको परिवर्तन गर्ने बताएका छन् । उनले भनेका छन्- ‘आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।’

Sharing

प्रतिक्रिया दिनुहोस