फागुन १९, काठमाडौं । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी भएको छ ।

आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको जनाएको छ । आगलागीको नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।