• २०८३ मङ्सिर ५ गते शुक्रवार

मुगुमा मादक पदार्थ बिक्रि बितरणमा रोक

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, मुगु । हिमाली जिल्ला मुगुमा मादक पदार्थ विक्रि वितरणमा रोक लगाईएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मुगु एक साता बढि दिनका लागि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको हो । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रको हस्ताक्षरित जारी सूचनामा निर्वाचन फागुन २१ गते निर्वाचन पछि मतपरिणाम सार्वजनिक नहुदाँसम्म मदिराजन्य पदार्थको सेवन तथा बिक्री वितरणलाई पूर्णरुपमा निषेध गरिएको बताईएको छ ।

फागुन १५ गतेदेखि २१ गते विहीबार मतगणना सम्पन्न नहुदाँसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गर्नेलाई कडा निगरानीमा राखिने सहायक प्रजिअ मिश्रको भनाई छ । सूचनाको अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उनले बताए । जिल्लामा एकिकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत संयुक्त गस्ती परिचालनमा समेत मदिरा बिक्री वितरण तथा सेवन गर्ने स्थानमा छड्के अनुगमन गर्न समेत निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय मुगुले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गर्न अपिल गर्दै सहयोग गर्न अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस