• २०८३ बैशाख ११ गते शुक्रवार

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। यो दिवसको मुख्य उद्देश्य भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावादलाई प्रवर्द्धन गर्नु हो।

सन् १९९९ मा बङ्गलादेशको प्रस्तावअनुसार युनेस्कोले यो दिवस अनुमोदन गरेपछि मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा औपचारिक घोषणा गरेको थियो।

यस वर्ष पेरिसस्थित युनेस्कोको कार्यालयमा ‘प्राविधिक संवाद, छलफल सत्र र सांस्कृतिक प्रदर्शन’ गरी २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ, जसमा गुणस्तरीय शिक्षा, समावेशी समाज र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस