• २०८३ असार १७ गते बुधवार

युएईले दक्षिण अफ्रिकालाई दियो १२३ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । युएईले दक्षिण अफ्रिकालाई १२३ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको हो ।

युएईका लागि अलिशान शराफूले सर्बाधिक ४५ रन बनाएका थिए भने कप्तान मुहमद वासीमले २२ रन बनाएका थिए । त्यस्तै आर्यान्श शर्माले १३ रन बनाएका थिए । युएईका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन असफल भएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कोर्बिं बोचले ३ विकेट लिएका थिए भने एनरिच नोर्त्जेले २ तथा जर्ज लिंडेले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस