• २०८३ असार १० गते बुधवार

कोरोनाबाट पूर्वमन्त्री पहाडीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, बाँके । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना भएका थिए । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर बिहान निधन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस