फागुन ५, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहसँग आबद्ध सुनिल प्रसाद (एसपी) शाहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शाहलाई मंगलबार बबरमहलबाट पक्राउ गरिएको हो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं सोमबार साँझ पक्राउ परेपछि शाहले उनको पक्राउको विरोधमा समर्थकहरूलाई गाडी आगजनी गर्न तथा भिडियो खिचेर पठाउन निर्देशन दिएका थिए। शाह बारा जिल्लाका स्थानीय हुन्।
यसअघि सोमबार नै प्रहरीले प्रसाईंलाई पनि पक्राउ गरेको थियो।