• २०८३ मङ्सिर ५ गते शुक्रवार

टी-२० विश्वकप: नेदरल्याण्डसमाथि अमेरिकाको ९३ रनको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । अमेरिकाले जारी टी-२० विश्वकपमा नेदरल्याण्डसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अमेरिकाले नेदरल्याण्डसलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

अमेरिकाले दिएको १९७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १५.५ ओभरमा अलआउट हुदै १०३ रन मात्र बनाएपछि खेल हारेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी विश्वकपमा यो अमेरिकाको तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै नेदरल्याण्डसले पनि तीन खेलमा एक जित र दुई हार बेहोरेको छ । अब अमेरिकाले अर्को खेल आइतबार नामिबियासँग खेल्ने तालिका छ भने नेदरल्याण्डसले फेब्रुअरी १८ मा भारतसँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस