• २०८३ जेष्ठ १६ गते शनिवार

हत्या गरेको अभियोगमा वीरगंजबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, पर्सा । वीरगंज महानगरपालिका-१३ राधेमाई बस्ने ६५ वर्षीय केपि चन्द राउत बरईको हत्या गरेको अभियोगमा सोही महानगरपलिका-२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वादविवादको क्रममा अर्जुनले कुटपिट गर्दा गम्भीर घाइते भएका केपि चन्दको तराई हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस