• २०८३ बैशाख २१ गते सोमवार

सुन तोलाको २० हजार ५ सयले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २० हजार ५ सयले घटेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस