• २०८३ कार्तिक १२ गते बुधवार

भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । भारतले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप स्वरुप २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भारतका कार्यवाहक राजदूत राकेश पाण्डेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको भारतीय दुताबासले जनाएको छ । यस्तो सहायताको पहिलो खेप गत माघ ६ गते उपलब्ध गराएको थियो र आगामी हप्ताहरुमा थप सामग्रीहरु उपलब्ध गराइने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस