• २०८३ मङ्सिर १ गते सोमवार

राष्ट्रिय सभामा गण्डकीबाट काँग्रेसका जगत तिमिल्सिना विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले ५ हजार ३३ मतभार पाएर जित हासिल गरेका हुन् ।

अन्य क्लष्टर नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । गण्डकीका २२८ मतदातामध्ये २२३ मत खसेको थियो । राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस