• २०८३ बैशाख १४ गते सोमवार

ट्रम्प भन्छन्- फ्रान्सेली राष्ट्रपति म्याक्रोन लामो समयसम्म रहने छैनन् !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनप्रति टिप्पणी गरेका छन् । ट्रम्पले जी ७ को आपतकालीन बैठकमा भाग लिन पेरिस जाने विषयमा सोधिएको प्रश्नको जवाफ दिदै आफु नजाने र म्याक्रोन फ्रान्सको राष्ट्रपति लामो समय नरहने टिप्पणी गरेका हुन् ।

यसअघि, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकाले लगाएको नयाँ करहरूको अनन्त वृद्धि मौलिक रूपमा अस्वीकार्य भएको बताएका थिए ।म्याक्रोनले क्षेत्रीय सार्वभौमिकतालाई दबाब दिन हतियारको रूपमा प्रयोग गरिन्छ तब यो अझ गम्भीर हुने टिप्पणी गरेका थिए ।

म्याक्रोनले दाभोसमा जारी आर्थिक मञ्चमा यस्तो टिप्पणी गरेका हुन् । दाभोसमा, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि ग्रिनल्याण्डसँग ऐक्यबद्धता व्यक्त गर्दै ग्रिनल्याण्ड र डेनमार्कको साथ दृढतापूर्वक उभिने बताएका छन् । ट्रम्प पनि स्वीजरल्याण्डको दाभोसमा विश्व नेताहरूको आर्थिक मञ्चमा भाग लिन त्यसतर्फ जादैछन्

Sharing

प्रतिक्रिया दिनुहोस