• २०८३ बैशाख ४ गते शुक्रवार

स्टोर गरेर राखेको अवस्थामा पटका र अवैध सामान बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ४, विराटनगर । अवैध रुपमा भारतबाट भित्राउँदै घरमा स्टोर गरेर राखेको अवस्थामा ठूलो परिणामको पटका र तस्करीको सामान मोरङको प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार साहनीको घरबाट सोमबार पटका र अवैध सामान बरामद गरिएको हो ।


प्रहरीले झिरझिरे, नागिन, खोर्सानी बम लगायत एक लाख ८० हजार मूल्य बराबरको पटका नियन्त्रणमा लिँदै प्रहरीले सहनीलाई पक्राउ गरेको हो । भारतदेखि तस्करी गर्दै ल्याएर राखिएको कपडा, जिरा, पापड लगायतका किराना र फेन्सी सामान, वलवान खैनी तथा बालसेरी काँटी सहनीको घरबाट बरामद गरिएको एसपी खड्काले बताए । उनका अनुसार सात लाख मूल्य बराबरको तस्करीका कपडा, २३ हजारको फेन्सी सामान, ३३ हजारको किरान सामान, ४६ हजारको वलवान खैनी र १२ हजार मूल्य बराबरको बालसेरी काँटी घरबाटै नियन्त्रणमा लिइएको छ भने बरामद गरिएका पटका प्रहरीले नष्ट गरेको छ । कपडा र अन्य सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

‘पक्राउ परेका सहनीले लामो समयदेखि भारतबाट तस्करी धन्दा चलाइरहेको खुलेको प्रहरीले जनाएको छ । एसपी खड्काका अनुसार लुकाईछिपाई भारतबाट तस्करी गर्दै विभिन्न सामान र पटका ल्याएर आफ्नै घरमा स्टोर गर्दै गन्तव्यसम्म पु¥याएर बिक्री गर्ने गरेको विशेष सूचानाका आधारमा प्रहरीले सहनीको घरमा छापा हानेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस