• २०८३ असार १२ गते शुक्रवार

आन्दोलनको नाममा आगजनी गर्नेलाई सरकारले जोगायो : ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरूको घर जलाउनेहरूमाथि वर्तमान सरकारले कारबाही नगरेको आरोप लगाएका छन्। गृहजिल्ला झापामा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको अवलोकन गर्दै उनले सरकार उनीहरूकै भएकाले जोगाउने काम गरेको टिप्पणी गरे। आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै ओलीले त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताए ।

उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने धारणा पनि राखे । ‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन । आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन,’ उनले भने, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’

Sharing

प्रतिक्रिया दिनुहोस