• २०८३ जेष्ठ ७ गते बिहिवार

नेकपा सचिवालय बैठक बस्दै

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बस्दैछ ।

दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले खबरहबलाई बताए ।

यसअघि शनिवार (हिजो) सचिवालय बैठक बोलाइएपनि प्रधानमन्त्री डायलाइसिसका लागि अस्पताल गएपछि बैठक आजको लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । नेकपामा केन्द्रीय विभाग, जनसंगठन र आयोगहरुले पूर्णता पाउन सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस