• २०८३ मङ्सिर ६ गते शनिवार

आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । जल तथा मौसम विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशका तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस