• २०८३ भाद्र १२ गते शुक्रवार

सुनवल नगर स्तरिय कृषक समुहको दोस्रो साधारण सभा सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई नवलपरासी

कात्तिक ३०, नवलपरासी । सुनवल नगर स्तरिय कृषक समुहको दोस्रो साधारण सभा तथा अधिवेशनले बद्रिमान श्रेष्ठको अध्यक्षततमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्ष एक नारायण सुवेदी, सचिव हरिलाल गुप्ता, कोषाध्यक्ष शोभा कुमारी ठाडा मगर र सदस्यहरु श्याम नारायण यादव, खर्क बहादुर पुन, ऋषिराम लम्साल, गोविन्द अधिकारी, डोलराज अधिकारी, हरि प्रसाद न्यौपाने, नाथु प्रसाद चौधरी ,शक्त बहादुर पाईजा, फटिक बहादुर कंवर चयन हुनु भयो । सस्थाका अध्यक्ष भानुभक्त गौतमको सभापतित्व तथा सुनवल नगर कृषि शाखा सहायक प्राविधिक मनोज न्यौपानेको प्रमुख आतिथ्यता रहनु भयको थियो ।

सस्था उपाध्यक्ष हरिलाल गुप्ताको स्वागत मन्तब्य रहेको कार्यक्रममा कोसाध्यक्ष एक नारायण सुबेदी ,लघु उद्यमी बचत तथा रिण सहकारी सस्थाका अध्यक्ष नर बहादुर खड्काले शुभकामना मन्तब्य राख्नु भयको थियो भने सन्चालन सचिव शोभा पुलामीले गर्नु भयको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस