फागुन ०२ मुगु । प्रेम दिवस अर्थात प्रणय दिवस आफ्ना प्रेम जोडिहरुले हर्ष उल्लासका साथ मनाएका छन् । तर यो दिनमा यहाका एक वडा अध्यक्षले दिवस मनाउनु सँग सँगै केही घाउमा मलम लगाउने उदाहरणिय प्रयास पनि गरेका छन् ।

जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यष विष्णु कुमार भामले यहाका केही पिडित परिवार र अपांगता भएका विद्यार्थी लाई राहत सहयोग गरेका हुन । भारतको उत्तरखण्ड चमौली प्रदेश जिल्ला जैसी भोटको तोपावन भन्ने ठाउमा आएको भिषण बाढि पहिरोमा परि मुगुका ४ जना युवाले अकालमै ज्यान गुमाएका घर परिवार लाई राहत सामग्री सहयोग गरेका छन् । वडा अध्यक्ष भामको नगरपरिषद बाट पाउने सेवा सुविधा र अन्य संघ संस्थाको बैठक बाट आएको भत्ता तलब बाट कटाएर आफु पनि नलिएर केही सामाजिक काममा लागेको बताए । यहाका विपन्न , गरिब , असहाय , टुहुरा लाई घाउमा मलम लगाउने प्रयास गरेको वडा अध्यक्ष भामको भनाई रहेको छ ।

वडा अध्यक्ष विष्णु भामले उक्त बाढि पहिरो पिडित परिवार लाई आईतवार एक कार्यक्रमका बिच राहत सामग्री सहयोग गरेका हुन । सो बाढिमा ज्यान गुमाएका परिवार लाई क्रमश एक एक बोरा ३० केजि चामल , ८ पोका तेल , १४ पोका नुन , ४ पोखा बेसार लगायत अन्य राहत सामग्री सहयोग गरिएको भामको भनाई रहेको छ । वाढि पहिरो बाट ज्यान गुमाएका पिडित परिवार छायानाथ रारा नगरपालिका वडा नं ५ सुपाकोट का २ जना र १३ नम्वर थार्पका २ जना ज्यान गुमाएका पिडित परिवार लाई राहत सामग्री सहयोग गरिएको वडा अध्यक्ष विष्णु कुमार भामले बताए ।
प्रणय दिवसमा पनि राहत सहयोग
यसै बिच वडा अध्यक्ष भामले छायानाथ रारा नगरपालिका वडा नं २ चैन गाउमा रहेको एक बालमन्दिर आधारभुत विद्यालयका अपांगता भएका ११ जना विद्यार्थी लाई स्टेसनरीको सामान सहयोग गरिएको उनले बताए । आज पर्न गएको प्रेम दिवस अर्थात प्रणय दिवसको अवसर पारेर यि सामग्री सहयोग गरिएको भामको भनाई रहेको छ । भामले भने मेरो यो निजि लगानी हो यसमा कुनै पनिको सहयोग छैन , मेरो तलब भत्ता जति आउछ उसैमा कटाएर सहयोग गर्ने गरेको छु उनले भने अझै पनि यो अभियान जारी रहने पनि अवगत गराए ।