• २०८३ बैशाख २६ गते शनिवार

गगन थापा नेतृत्वको काँग्रेस पुग्यो निर्वाचन आयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं ।  गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुगेको छ । केहीबेर अघि सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु विशेष महाधिवेशनपछि पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेको हो ।

यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीलाई आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र टिकट वितरणमा सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस