• २०८३ बैशाख २१ गते सोमवार

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता हुने भएको छ ।

लामिछानेले आफुविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।

यस मुद्धाका कारण लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएपनि स्वत: सांसदबाट निलम्बित हुने अवस्था रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस