- सागर थापा (क्राईमबिट)
कात्तिक ३०, दाङ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरको विशेष प्रहरी टोलिले दाङमा अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरि प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनु भयो प्रहरीले शनिबार एका बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा रहेको ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठाहरु सार्बजनिक गरेको हो ।

बिप्लब समुहले हातहतीयार दाङ र कपिलबस्तुको सिमाना हुदै एक ठाँउ बाट अर्को ठाँउमा स्थानान्तरण गर्न लागेको ५ दिन देखि बिशेष गोप्य सुचनाको आधारमा ५। नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर जिल्ला प्रहरी कार्यालय दाङ ईलाका प्रहरी कार्यालय गढवा समेतको सयुक्त बिशेष प्रहरी टोलि परिचालीत भइ निरन्तर निगरानी र खोजतलास गर्दै जाने क्रममा हतियार फेला पारेको हो ।उप निर्वाचन लाई बिथोल्न हतियारहरु भित्र्याउन खोजेको हुन सक्ने ५। नम्बर प्रदेश प्रहरीको भनाइ छ । शुक्रबार बेलुकि ६ बजे गढवा र कपिलबस्तु शिबनगर नगरपालीकाको सिमानामा रहेका ३र४ वटा बेवारिसे खाली गोठमध्ये शिबनगर नगरपालीका वडा न। १ तर्फको खाली गोठमा स्थानान्तरण गर्नको लागि सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा एस। एम। जि। राईफल ५ थान, उक्त राईफलको म्याग्नीन १३ थान र सोहि उक्त राईफलमा प्रयोग हुने गोलि ३९० राउण्ड फेला परेको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले बताउनु भयो ।
नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा ५ नम्बर प्रदेश प्रहरीले दाङको मेन भालुवाङमा हरेक सवारी साधनहरुलाई चेकजाँचमा कडाइ गरे पछी उनीहरु हतियार छाडेर भागेको हुन सक्ने पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले बताएका छन ।