• २०८३ भाद्र ९ गते मङ्गलवार

उदाहरणीय बन्दै इलाम रोङका जनप्रतिनिधिहरु

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

काातिक २९, इलाम । जनप्रतिनिधिहरु नागरिक प्रति जिम्बेवार नबनेको समाचार आइरहेको बेलामा रोङ गाउपालिकामा भने बिहानैदेखी बिकास निमार्णमा नागरिकसगै सक्रिय रहेका जनप्रतिनिधिहरु समेत रहेका छन् ।

कसैको भक्ति आरधाना हैन संचारकर्मीहरु बिहान ८ तीस बजे इलामाको सुयोदय नगरपालिका र रोङ गापालिकाको सीमानामा रहेको बाटो मर्मत गदै गरेका भेटिए रोङ गाउपालिका वडा नं १ का वडाध्यक्ष बुद्ध बहादुर ढकाल ।

इलामको तिनघरे, शान्तिपुर बरफल्याङ झापा सडकको जुरेभन्ज्याङ देखी बाटो सोलिङ गरिदै गरेको स्थानमा मजदुरसगै वडाध्यक्ष ढकाल समेत काम गरिरहेका थिए । नजिकै सुयोदयको खण्मा बाटो अप्ठ्यारो भएपनि रोङ गाउपालिकाले भने पहिलो चौमासिकमानै सातमिटर चौडाइ रहेको ९ सय ३० मीटर बाटो खन्न र अति बिकट २ सय मिटर सोलिङ गर्न २६ लाखको टेन्डर गरेपनि १२ लाख ४५ हजार २ सय १८ रुपैया ७३ पैसामा टेन्डर स्वीकृत गरि तोकिएकै मापदण्मा १ ह्ज्ँर ३० मिटर बाटो खनेर ७५ प्रतिसत सोलिङको माक सकिएको र आगामी मंसिरको पहिलो हप्ताभित्र काम सक्ने लक्ष्य रहेकोले आफु समेत निरनतर सक्रिय रहेको बडाध्यक्ष ढकालले बताए ।

सधै बिकास निमार्णको काम ढिलो थालिने र बनाएको केहि दिनमानै बिकासे कामहरु बिग्रीएर पहिलाकै अवस्थामा आउने भएको कारण आफुहरु गर्ने पर्ने कामलाइ योजनाबद्ध बगिकरण गरेर कतिपय कामहरु पहिलो चौमासिकमा नै सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको कतिपय योजनाहरु त फरफारकको अवस्था नजिक आएकोले गाउपालिकाको योजना र कार्यक्रमहरु सफल भ्एको गाउपालिकाका अध्यक्ष समसेर राइले बताए ।

सो सडकको बिकट र सागुरो स्थानमा बेलैमा सडक बिस्तार भएको र अति हिलाम्मै ठाउहरुको छनौट गरि सोलिङ समेत गरिएकोमा आफुहरुलाइ ठूलो राहत मिलेको स्थानिय इच्छाराम राइले बताए , सो सडकबाट रोङ १ र २ का नागरिकहरुले दैनिक उपभोगका सामानहरु ढुवानी र कृषि उपजहरुको निर्यात गदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस