• २०८३ असार ८ गते सोमवार

इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं ।  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । तेस्रो इन्डियन आइडलका विजेता रहेका तामाङको आइतबार बिहान दिल्लीस्थित निवासमा निधन भएको हो । ४३ बर्षिय तामाङको हृदयघातबाट निधन भएको बताइएको छ ।

तामाङको निधनप्रति नेपाली गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै अप्रिय र अपत्यारिलो खबर सुन्नु परेको भन्दै प्रशान्त तामाङ हामी बीच नरहेको उल्लेख गरेका छन् । इन्डियन आइडल जितेपछि भारतीय प्रहरीको जागिर छोडेर गायन र कलाकारितालाई आफ्नो क्यारियर बनाएका थिए । तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस