• २०८३ बैशाख १६ गते बुधवार

सिमलतालको पहिरोमा परेर बेपत्ता बसको अवशेष त्रिशुली किनारमा भेटियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बेपत्ता दुई बसको अवशेष त्रिशुली किनारमा भेटिएको छ । बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष तीन दिन अघि स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटना भएको करिब ३०० मिटर तल बसको अवशेष भेटिएको हो ।

२०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बस सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस