• २०८३ जेष्ठ ३१ गते आइतवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ । आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।

बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ।
पार्टीका मुख्य सचिव पौडेलद्वारा जारी सूचनाअनुसार बैठक आकस्मिक रूपमा बोलाइएको हो। बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस