• २०८३ मङ्सिर ३ गते बुधवार

सुन तोलाको २१ सयले बढ्यो, चाँदीको घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २१ सयले बढेर तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४७८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८३५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस