• २०८३ बैशाख ५ गते शनिवार

प्रधानमन्त्री कार्कीसँग राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरुको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितले भेटवार्ता गरेका छन् ।

भेटमा राप्रपाले पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको चियापान समारोहको निमन्त्रणा दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ र गर्नुपर्छ भन्दै आफु सो कार्यक्रममा आउने जानकारी गरेको प्रवक्ता श्रेष्ठले बताए । राप्रपाले गर्ने चियापानका लागि शिर्ष दलका प्रमुख नेताहरुलाई निमन्त्रणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस