माघ ०६, काठमाडौँ । काठमाडौँको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टर माथि कुटपिट भएको छ। मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टर माथि नै कुटपिट गरेका हुन्।
गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौँ लगिएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको थियो। अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा स्वीकार नगरी ड्युटीमा खटिएका चिकित्सकलाई नै हातपात गरेका हुन्।