• २०८३ जेष्ठ ४ गते सोमवार

दुर्गमका सुत्केरी तथा गर्भवति महिलालाई अण्डा उपहार

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

पुष २३, मुगु।  दुर्गम कर्णाली प्रदेशको अर्को जिल्ला हो मुगु । यहाँ शिक्षा , स्वास्थ्य जस्ता आधारभुत आवश्यकताहरु सिमित मात्रामा उपलब्ध छन् । यहाँ बिशेष गरेर स्वास्थ्य क्षेत्रलाई बढि प्राथमिकतामा राख्ने गरिन्छ । कतिपयले स्वास्थ्य अभाव र सममयै सुत्केरी गर्भवति हुन नपाउदा विभिन्न समस्याका कारण अकालमै ज्यान गुमाउनु परेको छ ।

 

गर्भवति तथा सुत्केरी भएको समयमा बिशेष गरेका मुगुका गरिब , दलित विपन्न महिलाहरु लाई पौष्टिक आहारका खानेकुराहरु बढिमात्रामा उपभोग गर्न पाउदैन् । यस्तो समयमा चिचित्सकहरुले बढिमात्रा पोषमा सुधार ल्याउने खानेकुरा खान सुझाए पनि ग्रामिण भेगका महिलाहरु खासै त्यो प्रति पुग्न सकेकी छैनन्

मुगुका गरिब , दलित बिपन्न महिलाहरुको समस्या लाई मध्येनजर गर्दे मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर ऐश्वर्या मल्लले गर्भवति तथा सुत्केरी भएका महिलाहरुको पोषणमा सुधार ल्याउन घरमै पुगेर अण्डा , तेल जस्ता पौष्टिक आहारका खानेकुरा उपहार स्वरुप सहयोग गरिरहेकी छन् । छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि १४ वडाका ८७ बस्तिका सुत्केरी आमा , गर्भवति महिला र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन भईरहेको छ । यस अण्डा उपहार कार्यक्रमले दुर्गमका महिलाहरुको पोषणमा सुधार ल्याउन पुलको काम गरि रहेको छ ।

सानै भएपनि यो अण्डा उपहारले हामि जस्ता सुत्केरी तथा गर्भवति महिलाहरु लाई पोषणमा सुधार सँगै नवशिशु लाई पनि पोषणमा सुधार आउने छायानाथ रारा नगरपालिका वडा नं १४ बाम गाउँकि करिस्मा बुढाले बताईन । उनका अनुसार बिगतका वर्षहरुमा आफु भन्दा अगाडिका दिदिहरुले सुत्केरी तथा गर्भवति भएको समयमा धेरै सास्ती खेप्नु पर्यो उनीहरुले समयमै पोषण दिने खानेकुराहरु खान नपाउदा आमा र बच्चाहरु तन्दुरुस्त नदेखिएको बताईन ।
यता सदरमुकाम गमगढी बजार नजिकै रहेको वडा नं १ की सिर्जना नेपालीको दुख पनि उस्तै छ । उनले भनिन हामि जस्ता दलित , विपन्न परिवारका महिलाहरु लाई यस्तो समयमा धेरै सास्ती हुने गरेको बताईन । सानो सहयोग भएपनि उपमेयर मार्फत अण्डा , तेल लगायत अन्य सामानहरु पाउदा हर्षित हुनु भएको छ । ।

नगरपालिकाले घरमा हुने सुत्केरीको संख्यालाई शून्यमा झार्नुका साथै सुत्केरी आमा र नवजात शिशुको पोषणलाई ध्यानमा राखेर गत आर्थिक वर्षदेखि पोषण कार्यक्रम कार्यान्वयन गरेको उपमेयर ऐश्वर्या मल्लले बताईन । उनका अनुसार नगर उपप्रमुख सँग न्युन आयश्रोत भएका सुत्केरी तथा गर्भवति महिला भेटघाट कार्यक्रम अन्तरर्गत यो कार्यक्रम थालनी गरेको उनले बताईन । कार्यक्रममा एक क्यारेट अण्डा दुई पाकेट तेल र एक हजार नगद रुपैया दिने गरेको अवगत गराईन । कुनै पनि महिला सुत्केरी भएपछि उनको घर भेटमा जाने जनप्रतिनिधिले एक क्यारेट अण्डा , तेल उपहार लाने गरिएको छ । उनले भनिन् हाल सम्म ८० जना भन्दा बढि सुत्केरी महिलालाई पोषण वितरण गरिएको छ । अब बाँकी रहेका महिलाहरु लाई बितरण कार्य निरन्तर अगाडि बढिरहेको बताईन

Sharing

प्रतिक्रिया दिनुहोस