• २०८३ असार १६ गते मङ्गलवार

सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४९३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस