• २०८३ बैशाख ४ गते शुक्रवार

वीरगन्ज महानगरका यी क्षेत्रमा निषेधाज्ञा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २१,  काठमाडौँ ।     जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म बीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारि गरेका हुन् ।

उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरेको जानकारी दिएका छन् । उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ । वीरगन्जमा आइतबार अज्ञात व्यक्तिहरुले मस्जिद भत्काएको विषयमा प्रदर्शन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस