• २०८३ बैशाख २९ गते मङ्गलवार

बेवारिसे शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, रौतहट। रौतहटको चन्द्रपुर वडा नं. ४ मा बेवारिसे अवस्थामा शव फेला परेको छ । चन्द्रपुर –४ पूर्व पश्चिम राजमार्गबाट अन्दाजी ४० मिटर दक्षिण भित्री सडक खण्डमा शनिबार बिहान पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।

हाल नाम थर वतन नखुलेको अन्दाजी ६० वर्षीय वृद्ध जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस