• २०८३ बैशाख २७ गते आइतवार

नौ वर्षदेखि फरार ट्रक चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, नवलपुर।  सवारी दुर्घटनापछि नौ वर्षदेखि फरार रहेका ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।

२०७४ साल असोजमा कावासोती नगरपालिका–११ स्थित लोकाहा पुल नजिक पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रोशन बहादुर ठाडा मगर र पछाडि सवार रन बहादुर आलेको मृत्यु भएको थियो ।

दुर्घटनामा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकललाई ना ४ ख ८६२२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि फरार रहेका ट्रक चालक सुनवल नगरपालिका–८ का ३० वर्षीय सुनिल सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी, प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । सुनारलाई सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको गुरुङले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस