• २०८३ बैशाख १७ गते बिहिवार

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।   झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । अहिले स्थानीय र सुरक्षाकर्मिले उद्धारको काम गरिरहेका छन् ।

काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चप्लिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस