• २०८३ जेष्ठ २५ गते सोमवार

काँग्रेसको बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौं ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी हुनेछन् ।

काँग्रेसमा नियमित र विशेष महाधिवेशन बारेको विवाद उत्कर्षमा पुगेको र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि बैठक बोलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस