• २०८३ बैशाख २६ गते शनिवार

जनताको हितविपरीतका जुनसुकै निर्णय फिर्ता हुनुपर्छ : माधव नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर ५, काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् । उनले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने समेत बताएका छन् ।

नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरे । उनले हाल उद्योग मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको भन्दै आयल निगमले जनताको ढाड सेक्न गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुन नसकेको बताए ।

‘यसमा सरकार गम्भीर हुन जरुरी छ । म सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्छु र उचित निकासका लागि आफ्नो तर्फबाट पहल हुने नै छ’, अध्यक्ष नेपालको भनाइ उधृत गर्दै समाजवादी विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले  भने, ‘जनताको हित विपरित भएका जुनसुकै निर्णय फिर्ता लिनुपर्छ

Sharing

प्रतिक्रिया दिनुहोस