• २०८३ बैशाख २० गते आइतवार

पुर्ववनमन्त्री शाही निर्वाचनमा योग्य ठहरीए

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष १६, मुगु । नेपाल सरकारका तत्कालिन वन तथा वातावरण मन्त्री र नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाही ठकुरीले निर्वाचन कार्यालय मुगुमा खर्च विवरण समयमै पेश गरिएको जिल्ला निर्वाचन आयोग मुगुले बताएको छ । मंगलवार अर्थात हिजो विभिन्न सञ्चारमाध्यममा केही उम्मेदवारहरूको नाम किटान गर्दै खर्च विवरण नबुझाएकाले उनीहरू आगामी निर्वाचनमा उम्मेदवार हुन नसक्ने दाबी सहित समाचार र सामाजिक सञ्जालहरुमा प्रकाशित भएका थिए ।

विशेष गरेर मुगु जिल्लाका नेपाली कांग्रेसका ऐन बहादुर शाही र स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर सेजुवाल आगामि निर्वाचनमा उम्मेदवार हुन नपाउने भन्दै सामाजिक सञ्जालहरु रंगिएका थिए । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन कानुन अनुसार निर्र्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ ।

आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ । आयोगले विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई रु १५ हजार जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट वञ्चित नहुने जनाएको छ । तत्कालिन संघिय सांसद शाहीले २०८० साल साउन १४ गते खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरि सकेको जिल्ला निर्वाचन कार्यालय मुगुका सुचना अधिकारी धनकृष्ण बढुवालले बताए ।

उनका अनुसार सामाजिक सञ्जालमा आगामि निर्वाचनमा अयोग्य ठहरीय भनिएता पनि अब उनी स्वतस्र्फुत रुपमा चुनावमा सहभागि लिन पाउने पनि अवगत गराए । उनका अनुसार स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सेजुवाल भने अयोग्य ठहरीएको जानकारी गराउनु भएको छ । सामाजिक सञ्जालमा आएका सुचना , समाचारहरु साँचो नभएको पनि उल्लेख गरेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस