- देवभक्त धमला
वीर नेपाली स्वभिमानी चुपलागेर हुन्न अब
सुस्ता, लिपु, कालापानी चुपलागेर हुन्न अब
नेपालआमा रुदै भन्छिन् मेरा सन्तान कता गयौर ?
गर्नुपर्यो बलिदानी चुपलागेर हुन्न अब।
बराजुको पालादेखि निरन्तर एकोहोरो
हेपिराछन जानीजानी चुपलागेर हुन्न अब
सध्यारालाई मिचिरहने परम्परै रैछ कि तरु
नानीदेखि लाग्या बानी चुपलागेर हुन्न अब।
आँखा नजिक सहयोगका लालीपप देखाएर
खाइसके आन्द्रा तानी चुपलागेर हुन्न अब
सानो आकार भएपनि ठूलालाई तहलाउन
बनौ जिरे खुर्सानी चुपलागेर हुन्न अब।
धोखेबाज सम्झौता र सन्धिहरु खारेज गर्दै।
उठाउ नयाँ कुराकानी चुपलागेर हुन्न अब।
चुप लागेर हुन्न अब !!