• २०८३ बैशाख २९ गते मङ्गलवार

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।    नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले शर्मालाई परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।

बालुवाटार स्रोतका अनुसार शर्माको आजै शपथ हुने सम्भावना रहेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस