• २०८३ बैशाख १५ गते मङ्गलवार

आफैँलाई गोली हानी मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पुष २१,  काठमाडौँ ।    मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ ।  ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उहाँले बताउनुभयो ।  घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस