• २०८३ बैशाख १९ गते शनिवार

जिरोनामाथि एटलेटिको म्याड्रिडको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं ।  स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा कोके, कोनोर गल्लाघेर र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको १८ खेलमा ३७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको १७ खेलमा १५ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस