• २०८३ जेष्ठ १ गते शुक्रवार

रवि लामिछाने बालुवाटारमा, प्रधानमन्त्री कार्कीसँग छलफल गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने रास्वपा नेताहरु सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु लिएर बालुवाटार पुगेका हुन् ।

यस भेटमा समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफल हुने बताइएको छ । शुक्रबार धरौटीमा रिहा भएका लामिछानेले पार्टीको जिम्मेवारीमा फर्किएर सक्रियता बढाएका छन् । उनले आजै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठक समेत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस