माघ २४, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्नु पर्ने बताउनु भएको हो ।
वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “कम्युनिष्ट पार्टीहरुबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भने होइन्, अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाई कसैले राख्नु हुँदैन ।”
वरिष्ठ नेता पौडेलले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापना नभए आन्दोलनबाट हुने बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना अदालतबाटै हुने आफू विश्वस्त रहेको बताउदैं “प्रतिनिधिसभा विघटन हुनु भनेको लोकता A8्त्रिक व्यवस्था सङ्कटमा पर्नु हो, वैशाखमा चुनाव हुने अवस्था छैन् ।
उहाँले सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिष्ट पार्टी फुटको अवस्था आएको समेत बताउनु भयो ।