• २०८३ बैशाख १३ गते आइतवार

सागर पौडेलको ”दुखिया” सार्वजनिक

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, काठमाडौं । चर्चित गायिका पुर्णकला बि.सि र गायक कमल सिङ झाक्री मगर को स्वरमा रहेको दुखिया बोलको गीत बुधबार सार्वजनिक भएको छ। समाजसेवी तथा सन्चारक्रमी सागर पौडेलको लय शब्द शृजना गरेको उक्त गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र नवउदयमान मोडल रेश्मा श्रेष्ठ, रियल आर. एल. सज्जय खड्का ले गरेका हुन।

शब्द सृजना गरेका सागर पौडेल ले हरेक साचो माया गर्ने प्रेमी प्रेमिका लाई रुहाउने विभिन्न कारण ले एउटा साचो माया लाई बाध्यता बस छुट्नु परेको अबस्था लाई समेट्न्दै शब्द सृजना गरेको बताउछन ।

करिब दुईसय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरी सकेका चर्चित भिडियो निर्देसक काजिश श्रेष्ठले भिडियो निर्देशन गरेका छन्। जस्मा छायाकन भने सागर गौतमको र र सम्पादन दिपक बिष्टको रहेको छ उक्त गीतलाई बिन्द्य्याबासिनी म्युजिक बजार ब्याबस्थापना र बितरण गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस