• २०८३ बैशाख २५ गते शुक्रवार

एपीएफ र इस्ट बङ्गाल गोल रहित बराबरीमा, फाइनलमा दुवै शनिबार खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं ।   साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लब र भारतको इस्ट बङ्गालबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।

बुधबार दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।

योसँगै इस्ट बङ्गाल शिर्ष स्थानमा रहदै फाइनल पुगेको छ । इस्ट बङ्गालको ४ खेलमा १० अंक भएको छ । त्यस्तै एपीएफ ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ । शिर्ष स्थानमा रहेका इस्ट बङ्गाल र एपीएफबीच शनिबार फाइनल खेल हुने छ ।

त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस